Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु

प्रदेश नं १ स्थित मोरङका दुई शिक्षण अस्पतालमा कोरोना सक्रमणबाट आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए ।धरान उपमहमनगरपालिका -१७ बस्ने ६६ वर्षीय सङ्क्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

यसैगरी विराटनगर-१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय सङ्क्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

यस्तै सिरहाको कल्याणपुर-४ का ३८ वर्षीया सङ्क्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । मृतकलाई यही वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

मेची नगरपालिका-६ झापाका ६० वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । निजलाई उपचारका लागि यही वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका-६ की ३९ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका-१० बस्ने ३२ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ ।

मृतकलाई यही वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।

निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएका छ । मृतकलाई यही वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । रासस

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्