Logo
१५ चैत्र २०८०, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ९ हजार १९६ जनामा कोरोना पुष्टि, ५० संक्रमितको मृत्यु

आज देशभर २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौँ उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्