Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटीएमले नयाँ ७५० ड्युक मोटरसाइकल ल्याउदैँ

केटीएमले नयाँ ७५० रेन्जमा मोटरसाइकल ल्याउने घोषणा गरेको छ ।

कम्पनीको अफिसियल इन्भेस्टर प्रिजेन्टेसनमा यो जानकारी दिइएको हो । नयाँ प्रोडक्ट पोर्टफोलियो चीनमा सीएफमोटोसँग साझेदारीमा विकास भइरहेको बताइएको छ ।

कम्पनीले ७५० रेन्जमा ७५० ड्युक, ७५० एड्भेन्चर र ७५० सुपरमोटो टी मोटरसाइकल ल्याउने छ । केटीएमले यी मोटरसाइकल चीन र ग्लोबल मार्केटका लागि उपलब्ध हुने बताएको छ ।

कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि यी मोटरसाइकल अर्को वर्ष लन्च हुने सम्भावना छ । त्यसैगरी विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय बजारको माग अनुसार यी मोटरसाइकल रेन्ज उपलब्ध हुने छन् ।

अन्य धेरै विवरण अहिले सार्वजनिक भएको छैन । आगामी दिनमा यसको वारेमा थप जानकारी हुँदै जानेछ । नेपाल अटो

 

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्