Logo
७ बैशाख २०८१, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीसँग कुनै सहमति भएको छैन भ्रममा नपरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट पारेका छन् ।

एमाले विभाजन रोक्न पहिलो र दोस्रो तहका नेताहरुबीच अनेकन प्रयास चलिरहेकै बेला नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट गरेका हुन् ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त विज्ञप्ति राख्दै, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख गरेका छन् ।

नेपालले भने, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्