Logo
१५ चैत्र २०८०, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाई काखी कालो भएर दिक्क हुनुहुन्छ ? जान्नुहोस् यसबाट छुटकारा पाउने उपायहरु!

सामान्यतया हाम्रो काखीको रंग कालो हुने गर्छ । किन हाम्रो शरीरको दाँजोमा काखीको रंग कालो हुन्छ ? हामी कतिलाई काखीको रंग कालो भएको कारण अप्ठेरोमा परेका हुन सक्छौ ।

सामान्यतया गर्मीयाम मानिसहरु बाहुला विनाको लुगा लगाउन मन पराउने गर्छन तर आफ्नो काखीको रंग कालो भएको कारण उनीहरुले त्यस्ता कपाडाहरु लगाउन सक्दैनन् र उनीहरुलाई चिन्ता पर्ने गर्छ ।

त्यसको निराकरणका लागि मानिसले थुपै उपयाहरु अपनाउने गर्छन् । आज हामी तपाइलाई काखी किन कालो हुन्छ र यसलाई समाधानका लागि के गर्न सकिन्छ भन्ने कुरा जानकारी दिदै छौँ ।

काखीको रङ कालो किन हुन्छ ?

यद्यपी, प्रायः अवस्थामा कुनै गम्भीर कारणले यो समस्या निम्तने होइन । यो केवल अत्यधिक पसिना र फिटिङ कपडाले छालामा हुने घर्षणका कारण हुनसक्छ ।

डियोडरेन्ट र कपाल हटाउने क्रिमका कारण हुने रासायनिक जलन, सेभिङका कारण हुने जलन, मृत त्वचा जम्मा हुनु, धुम्रपान लगायतका (Smoker’s hypermelaniosis​)  कारण पनि यस्तो हुनसक्छ ।

कहिलेकाँही एसेन्थोसिस नाइग्रीकन्स (Acanthosis Nigrican​) नामक डर्माटोलोजिकल अवस्थाले पनि यस्तो हुनसक्छ, यस्तो अवस्थामा चेकजाँच र उपचारको आवश्यकता पर्छ ।

जेसुकै कारणले यस्तो समस्या देखिएपनि तपार्इंले डर्माटोलोजिस्ट ९छाला रोग विशेषज्ञ० लाई देखाउनुभयो भने उनीहरुले समस्या कसरी कम गर्ने भनेर सहयोग गर्छन् ।

के गर्ने ?

उपचार कसरी गर्ने भन्ने निर्णय पनि उनीहरुले नै लिनसक्छन् । सामान्यत छालाको रङ जे कारणले बदलिएको हो, त्यसलाई हटाएर खराब अवस्थालाई केही समयको अवधिमा निश्चित हदसम्म कम गर्न सकिन्छ ।

यद्यपी, अति नै कालो पातो छ भने ब्लिचिङ क्रिम वा केमिकल पिलिङ्ग्सले पनि सहयोग पुर्‍याउन सक्छ ।गर्मीमा काखी कालो हुने समस्या कम गर्न हामीले आरामदायक हावा छिर्ने कपडा लगाउने, डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने, सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने, मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने र धुम्रपान नगर्ने गर्नसक्छौं ।

 

 

 

 

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्