Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुराग कश्यपले व्यक्त गरे फिल्म छायांकनलाई नेपाल आउने इच्छा, नेपाली फिल्ममेकरलाई दिए यस्ता टिप्स

भारतीय फिल्म निर्देशक अनुराग कश्यपले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को भर्चुअल सत्रमा विहिबार बोल्दै कोरोना भाइरस महामारीको अवस्था सामान्य भए आफू फिल्म छायांकनलाई नेपाल आउने चाहना व्यक्त गरेका छन् ।

उनले आफूसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट भएको र सगरमाथा आधार शिविरमा जाने चाहना भएको बताए । आफूले अहिलेसम्म दीपक रौनियार निर्देशित फिल्म सेतो सूर्य र मीनबहादुर भामको कालोपोथी हेरेको कश्यपले बताए । संवादमा उनले दीपक र मीनको नाम समेत उल्लेख गरे ।

आफ्नो कथामाथि फिल्म बनाउन सके, आम्दानीका ढोका खुल्ने बताउँदै कश्यपले नेपाली फिल्म निर्मातालाई आफ्नो कथामा फिल्म सुझाए । धेरै मुलुकमा फिल्म क्षेत्र नै नभएको अवस्थामा नेपाली फिल्म क्षेत्र सन्तोषजनक भएको टिप्पणी उनले गरे ।

नेपाली फिल्मका लागि लगानी जुटाउन कठिन नहुने अनुरागको भनाई छ । ‘तपाईं राम्रो स्क्रिप्ट लेख्नूस, फन्डिङ जुटाउन कठिन छैन । विश्वभरिबाटै तपाईंको स्क्रिप्टमा लगानी गर्न मान्छेहरु इच्छुक हुन्छन्’ उनले भने ।

नीफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्मलाई विश्व बजारमा लैजान स्टोरी बैंक खडा गरिएको बताएका थिए ।

सो सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँल, निर्देशक नीर शाह, पोर्चुगलका फिल्म निर्देशक ज्वाओ पाउलो मसेदो र नेपाली फिल्म निर्देशक तुलसी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्