Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।

बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबिच छलफल हुन लागेको बालुवाटार स्रोतले बताएको छ ।

केहीबेरमा बस्न लागेको शीर्ष नेताहरूको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने ती नेताको भनाई छ । उपनिर्वाचनका लागि आज १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्