Logo
६ बैशाख २०८१, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा थप दुईजना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल-११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२.१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान ३.५३ बजे मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोनाबाट २ सय ४२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ५ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्