Logo
१३ बैशाख २०८१, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन कोरोनाबाट ३९२० जनाको मृत्यु, थपिए ४ लाख १४ हजार ४३३ संक्रमित

छिमेकी मुलुक भारत  पछिल्लो समयमा कोरोना महामारीको दोस्रो लहरबाट बढी प्रभावीत भइरहेको छ । भारतमा पछिल्लो समयमा दैनिक ४ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिदरमा फेरि नयाँ रेकड कायम भएको छ ।त्यस्तै पछल्लो समयमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या पनि त्यतिनै वृद्धि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ सय २० कोरोना संक्रमितको संक्रमितको मृत्यु भएको भने ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ ।पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्