Logo
१३ बैशाख २०८१, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा परी ११ सुरक्षाकर्मीको मृत्यु

google picture

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा कम्तिमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल-ए-आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले उनीहरूको सुरक्षा चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको टोलो न्यूज नामक स्थानीय टेलीभिजनले समाचारमा उल्लेख गरेको छ ।

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ ।

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले बताएका छन्। उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए।

संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाले देश छोडेर जाने क्रममा युद्धले घेरिएको अफगानिस्तानमा हिंसा फैलिएको छ।

अमेरिकाले आफ्नो सेनालाई मे १ मा फिर्ता गर्ने भनेपनि तोकिएको समयमा उक्त कार्य नहुँदा तालिवान लडाकू समूहले अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीब्र बनाएको छ।

अमेरिकी ट्रम्प प्रशासनले तालिवान समूहसँग मे १ मा आफ्नो सेना फिर्ता गर्ने बताए पनि वर्तमान् राष्ट्रपतिले सेना फिर्ता गर्ने काम सेप्टेम्बर ११ सम्ममा पूरा गर्नेगरी तयारी गरिएको बताएका छन्। अफगानिस्तानमा तीन हजार ५०० अमेरिकी तथा सात हजार नेटो सैनिक तैनाथ गरिएको छ।

 

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्