Logo
८ बैशाख २०८१, शनिबार
(May 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोक्नु लज्जास्पद : शेखर कोइराला

नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरुले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका छन् ।

उनले बिहीबर सामाजिक सञ्जालमा लेख्दै कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका हुन् ।

कोइरालाले प्रश्न गरेका छन्, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका?’ कोइराले देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने बताएका छन् ।

यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्ने कोइरलाले ठोकुवा गरेका छन् ।

पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो।

प्रकाशित मिति: May 6, 2021

प्रतिक्रिया दिनुहोस्