Logo
७ बैशाख २०८१, शुक्रबार
(May 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

नेपालका बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले फेरि अस्पताल भर्ना भएका हुन् ।

अक्सिजनको मात्रा कम देखिएको कारण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको परिवारले जानकारी दिएको छ ।

परिवारको अनुसार उनलाई अक्सिजन कमी देखिएपछि पुनःअस्पताल भर्ना गरिएको छ । श्रेष्ठको परिवारका सम्पूर्ण सदस्य कोरोना संक्रमित भएका छन ।

श्रेष्ठको अस्पताल भर्ना भएपछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवारिक श्रोतले जानकारी दिएका छन् ।

गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठ केही अगाडि मात्र डिस्चार्ज भएका थिए । अहिले फेरि उनी सोही अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति: May 6, 2021

प्रतिक्रिया दिनुहोस्