Logo
७ बैशाख २०८१, शुक्रबार
(May 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडाले दियो बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध फाइजर खोप लगाउन अनुमति दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सो उमेर समूहका बालबालिकाको तीन चरणमा गरेको क्लिनिकल परीक्षणपछि सो अनुमति दिएको जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध खोपको अनुमति दिने क्यानडा पहिलो मुलुक हो ।स्वास्थ्य विभागले यो उमेर समूहका बालबालिकामा प्रयोग गरिएमा खोप सुरक्षित र प्रभावकारी हुने दावी गरेको बीबीसीले जनाएको छ ।

यता खोप उत्पादक कम्पनी फाइजरले पनि सो उमेर समूहका बालबालिकाका लागि खोप प्रभावकारी भएको दावी गरेको छ ।

क्यानडाले आगामी सोमबार १२ लाख भन्दा बढी बालबालिकालाई सो खोप दिने समाचारमा जनाइएको छ ।क्यानडामा एक करोड २० लाख भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

तीमध्ये करिब २० प्रतिशत १९ वर्ष मूनिका रहेको त्यहाँको सरकारले जनाएको छ ।यसअघि खोपको व्यवस्थापनमा ढिलाइ हुँदा करिब ३४ प्रतिशत नागरिकले मात्र खोप लगाएका छन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्तादेखि १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी रहेको बताएका छन् ।

प्रकाशित मिति: May 6, 2021

प्रतिक्रिया दिनुहोस्