Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।

दाङ निर्वाचन क्षेत्र नं २ ९ख० बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ ।

डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताए । डाँगीको राजीनामासँगै लुम्बिनीमा एमालेको सांसद संख्या ३८ मा झरेको छ ।

यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिएका थिए ।उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्