Logo
८ बैशाख २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाको बेला के तपाई घरमा बसिरहँदा दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस् समय बिताउन !

यतिबेला कोरोनाले मुलुक आक्रान्त छ । काठमाडौं उपत्याकासहित मुलुकका प्रायजसो जिल्लामा निषेधाज्ञा छ ।

निषेधाज्ञाको बेलामा ज्यानै जोखिममा राखेर बाहिर निस्कने त कुरै भएन ।

के तपाई घरमा बसिरहँदा के गर्ने भनेर दिक्क हुनुहुन्छ ?  यदि हुनुहुन्छ भने, हामीले केही टिप्स ल्याएका छौं ।

यी टिप्स अप्नाउनु भयो भने तपाईलाई यो बेला समय बिताउन कुनै गाह्रो हुने छैन ।

-सामान्य समयमा हामी विभिन्न काममा व्यस्त हुने भएकोले हामीसँग हामी आफैंले गरेको कामको मूल्यांकन गर्ने समय पनि हुँदैन त्यसकारण यो समयलाई आफ्नो स्व मूल्यांकनको लागि छुट्टयाएर अब आउने दिनहरूमा आफ्नो कार्यलाई थप व्यवस्थित र संगठित बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।

-हरेक व्यक्ति र उसका उपलब्धिहरू निजका विगतका कार्यको प्रतिफलको रूपमा रहेका हुन्छन्। तपाईं पनि यो समयमा आफ्नो विगत सम्झिने,रमाउने विगतबाट सिक्ने र विगतबाट सिकेको पाठलाई वर्तमानमा सामान्यीकरण गर्न सक्नुहुन्छ।

-घरको दराजमा थन्किएर बसेका किताब पढ्ने,कोठाको भित्तामा झुण्डिएका वाद्यवादनका साधन बजाउने, घरको आन्तरिक सजावट परिवर्तन गर्ने वा मिलाउने,घरमा सम्भव हुने तथा मनपर्ने परिकार तयार पार्ने,साहित्य लेखन तथा लेख रचना सिर्जना गर्ने आदि क्रियाकलाप गरी यो समयलाई सदुपयोग गर्न सकिन्छ।

-विपत्ति जहिले र जसरी पनि आउन सक्दछ अब आउने विपत्तिलाई कसरी सामना गर्ने र विपत्तिमा पनि दैनिकीलाई कसरी सहज भन्ने विषयमा पूर्वतयारी गर्नको लागि यो समय सदुपयोग गर्न सकिन्छ।

-आफूलाई रुची भएका विषयको अध्ययन गर्ने,समान रुची भएका साथीहरूको अनलाइन बुक क्लबको सदस्य बन्ने तथा गुगल आदिको प्रयोग गरी विभिन्न युनिभर्सिटीका छोटो समयमा पूरा गर्न सकिने अनलाईन कोर्स अध्ययन गर्न यो समयलाई सदुपयोग गर्न सकिन्छ।

-आफ्नो पेशा वा व्यवसायसँग सम्बन्धित विभिन्न अनुसन्धान प्रतिवेदनहरूको खोजी र अध्ययन गरी आफ्नो पेशालाई झन् परिस्कृत रूपमा अगाडि बढाउन यो समय सदुपयोग गर्न सकिन्छ।

-आफूसँग भएका महत्वपूर्ण कागजपत्र,शैक्षिक प्रमाणपत्र,पुराना तस्विरहरूलाई एक/एक गरी हेर्ने,मिलाउने र त्यसको डिजिटल प्रति बनाएर सुरक्षित राख्न यो समय सदुपयोग गर्न सकिन्छ।

-वर्ष २०७६ कसरी बित्यो मूल्यांकन गरी २०७६ मा आफ्ना सबल र सुधार्नु पर्ने पक्षहरू के-के रहे केलाउने र सोहीअनुसार आफूलाई परिमार्जित गरी अर्को वर्षको सुन्दर र पूरा गर्न सक्ने योजना बनाउन सकिन्छ।

-लकडाउनले हामीलाई सीमित पहुँचमा राखिदिएको छ यसबाट निराश हुनेभन्दा पनि यसलाई आफ्ना खराब बानी (भएको खण्डमा ) हटाउने अवसरको रूपमा प्रयोग गर्न सकिन्छ।

-वर्तमान समय सूचना र प्रविधिको समय हो। यदि तपाईं प्रविधिसँग अभ्यस्त हुनुहुन्न भने तपाईंको दैनिकी सहज नहुन सक्दछ। त्यसकारण परिवारका सदस्यको सहयोग लिएर आफूलाई प्रविधिमैत्री बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।

-परिवारका सदस्यबीच केही असमझदारी भएमा छलफल गरी सहज बनाउने,तथा पारिवारिक एकतालाई थप मजबुत बनाउने कार्य गर्न सकिन्छ।

यसका अतिरिक्त घरायसी काममा परिवारका सदस्यलाई सहयोग गर्ने, बालबालिकासँग अन्तर्क्रिया गर्ने उनीहरूका भविष्यका लक्ष्य तथा उद्धेश्यहरू भन्न लगाउने,आवश्यक सुझाव तथा सल्लाह गर्ने,सबै सदस्यको धारणा बुझेर पारिवारिक योजना बनाउने,आफन्तजनसँग फोन तथा सामाजिक सञ्जालमार्फत् कुरा गर्ने, खुसी रहने र बनाउने प्रयत्न गरी लकडाउनलाई समस्याबाट अवसरमा बदल्न सकिन्छ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्