Logo
८ बैशाख २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्वीटरले आफ्नो अकाउन्ट सस्पेन्ड गरेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया !

बलिउड फिल्म अभिनेत्री कंगना रनौतले ट्वीटरले आफ्नो अकाउन्ट सस्पेन्ड गरेपछि कडा प्रतिक्रिया दिएकी छन् ।

कंगनाले एक बयान जारी गर्दै भनिन्, ‘ट्वीटरले मेरै पक्षलाई प्रमाणित गरिदिएको छ कि ऊ अमेरिकी हो र एक गोरा व्यक्तिले जन्मजात नै गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छ । उसले तपाईंलाई बताउन चाहन्छ कि तपाईंले के सोच्ने। बोल्ने र गर्ने ।’

उनी थप्छिन्, ‘ तर सौभाग्यले मसँग सिनेमासमेत थुप्रै प्लेटफर्म छन् जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।’ एजेन्सी

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्