Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालीकी २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ सन्तान !

google

मालीकी २५ वर्षीया महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए ।

उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो ।

जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।

‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् ।

सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए ।उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्