Logo
८ बैशाख २०८१, शनिबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते

सुदूरपश्चिम प्रदेश स्थित बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १२३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए ।चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्