Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ, पसल विहान ९ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं उपत्यकामा आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साथै उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिएको छ साथै पसल विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सरकारी कर्मचारी तथा सवारी साधनलाईसमेत नियन्त्रण गर्ने निर्णय गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरू मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरूले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैङ्क र जिल्ला प्रशासन कार्यालयलाई दिने भनेको छ ।

त्यसैगरी अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरू एक चौथाइ कर्मचारी मात्र उपस्थित हुने गरी सञ्चालन गर्ने निर्णय गरेको बैठकले सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेको छ ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्