Logo
११ बैशाख २०८१, मंगलबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई माओवादीले स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई लिखित स्पष्टीकरण सोधेका हुन् ।

केहिदिन अघि मात्र ओली पक्षमा लागेको भन्दै माओवादी केन्द्रले रौतहटको दुई मेयरसहित पँच उपमेयरलाई पार्टीबाट निस्काशन गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

सोहि क्रममा ओली पक्षमै लागेका धनुषाका विदेह नगरपालिकाका मेयर बेचन दाससहित तीन उपमेयरलाई पहिलो चरणमा माओवादीले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्