Logo
६ बैशाख २०८१, बिहीबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि अत्यावश्यकवाहेक हिँडडुलमा प्रतिबन्ध, सबै पास खारेज

काठमाडौं उपत्यकामा भोलिदेखि अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा समेत रोक लगाउने भएको छ ।

भर्खरै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले भोलि बुधबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न थप कडाइ गर्दै उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसबारे औपचारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

त्यसै गरी भोलि रातीदेखि नै सबैखाले पास खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सूचना अधिकारी ललित कुमार बस्नेतका अनुसार अति आवश्यक अवस्थामावाहेक नयाँ पास दिइनेछैन ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्