Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशबाट ७ हजार डोज रेमडेसिभिर औषधी आइपुग्यो काठमाडौं

आज बंगलादेशबाट कोरोनाविरुद्ध प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज काठमाडौँ आइपुगेको छ ।

औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने भएको छ । कोरोना संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ ।

दिउँसो ३ बजेदेखि औषधीको वितरण सुरु भएको छ ।उक्त औषधीलाई काठमाडौँ र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको छ । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधी ल्याइएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार केही दिनभित्रै कोभिडका लागि चाहिने अत्यावश्यक औषधी काठमाडौँ आइपुग्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार देशवासीको नाममा सम्बोधन गर्दै चीन र रुसबाट खोप ल्याउन खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्