Logo
८ बैशाख २०८१, शनिबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्ने

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो २ बजे बैठक बोलाइएको हो ।

बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयलाई पहिलो प्राथमिकता राखी छलफल गरिने एक नेताले जानकारी दिएका छन् ।

यसै गरी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमासमेत छलफल हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलले विश्वासको मत लिने निर्णय गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी छन् ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्