Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ दिल्ली सरकारले माग्यो कोरोनासँग लड्न सेनाको सहयोग

छिमेकी मुलुक भारतको नयाँदिल्ली सरकारले कोरोना संक्रमणको महामारीसँग लड्न सेनाको सहयोग मागेको छ ।

कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो । कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

विगत एक हप्तादेखि भारतमा हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक छ । अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस् । रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो ।’

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्