Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रिलिया एसएक्सआर १२५ सीसीले सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा गर्दै

बर्तमान समयमा भारतमा कोरोना माहामारीको दोस्रो लहर एकदमै फैलिरहेको छ । दैनिक ४ लाख भन्दामाथी कोरोना संक्रमित भएको अवस्था रहेको छ ।

कोरोना माहामारीबीच अटो बजारमा भने नयाँ नयाँ सवारी साधन सार्वजनिक भएका छन् । कोरोना माहामारीको बीचमा पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको छ ।

एसएक्सआर १२५ भारतीय बजारमा १ लाख १५ हजार भारु मूल्यको साथमा सार्वजनिक गरिएको छ । सो स्कुटरलाई कम्पनीको वेबसाइटमा ५ हजार भारुमा बुक गर्न सकिने बताएको छ ।

सो स्कुटर चार रङ सेतो, निलो, रातो र कालो रङमा प्रस्तुत गर्नेछ ।सो स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड तीन भल्व इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ७६०० आरपीएममा ९.४ बीएचपीको पावर र ६२५० आरपीएममा ९.२ एनएमको टर्क जेनेरेट गर्छ ।

भारतीय बजारमा सो स्कुटरको सुजुकी बर्गम्यान स्ट्रिट १२५ सँग प्रतिस्पर्धा हुनेछ, जसको मूल्य ८४ हजार ३७१ भारु रहेको छ ।

नयाँ एसएक्सआर १२५ मा १४ इन्चको ह्वील उपलब्ध रहेको छ । सो स्कुटरको डिजाइनमा फुल एलईडी लाइटिङ सेटअप उपलब्ध रहेको छ ।

सो स्कुटरमा एलसीडी ड्यास, अन्डरसिट स्टोरेज स्पेस, लामो विन्डस्क्रिन, लक गर्न सकिने फ्रन्ट स्टोरेज कम्पार्टमेन्ट, ७ लिटरको इन्धन ट्यांकी र यूएसबी चार्जिङ पोर्ट समावेश गरिएको छ ।

अप्रिलियाले ग्लोबल मार्केटको लागि अपडेट अप्रिलिया आरएस १२५ र अप्रिलिया टुनो १२५ बाइक समेत सार्वजनिक गरेको छ ।

सो बाइक चाँडै नै बिक्रीको लागि उपलब्ध हुनेछ । सो बाइकको लुक पहिलोको भन्दा आकर्षक हुनेछ ।एजेन्सी

 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्