Logo
१३ बैशाख २०८१, बिहीबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक एपबाटै अब सवारी साधनको राजस्व र नवीकरण शुल्क तिर्न सकिने

सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत अब नागरिक एपबाटै तिर्न सकिने भएको छ ।आजबाट नागरिक एपबाट सवारी साधनको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी अपग्रेड गरिएको बताइएको छ ।

औपचारिक रुपमा सुरुवात आजबाट भएको र यसका लागि यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ ।

अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ ।यातायातको सेवा नागरिक एपमा जोड्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको केही दिनमा यो सेवा उपयोग गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ ।

सवारी साधन नवीकरणका लागि सरकारी राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । बीमा रकम तिर्न समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइने बताइएको छ ।

यससँगै सवारी साधन नवीकरण गराउन नागरिकले खप्दै आएको झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्