Logo
८ बैशाख २०८१, शनिबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा खुम्चिदै कांग्रेस र कम्युनिष्ट : फैलिँदै BJP, पश्चिम बंगालमा TMC कै सरकार

कुनै बेला भारतको मतलब नै भारतीय कांग्रेस मानिने पार्टीको पकड दिनानदुन भारतमा कम्जोर बन्दै गएको छ । नेहरु-गन्धीको पारिवारिक पार्टी भनिएका भारतीय कंग्रेसले यसपटको ५ ओटा राज्यको बिधानसभा पनि कुनै जादु देखाउन सकेनन् । यसपटकको बिधानसभामा बिजेपीले जताततै आफ्नो बढत बनाएको देखिन्छ । त्यस्तै कम्युष्टि पार्टी भने केरलभन्दा बाहिर फैलिन सकेका छैनन् । 

विधानसभा चुनाव मतगणना सुरु : 

भारतका पाँच राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै ती राज्यको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

पश्चिम बंगाल, तामिलनाडु, केरला, पाण्डुचेरी र आसममा सम्पन्न चुनावको मत गन्न सुरु भएको हो । पश्चिम बंगालको २९२ सिटमध्ये तृणमूल कंग्रेस २०८ सिटसहित अगाडि छ । बीजेपीले ८० सिटसहित दोस्रो स्थानमा छ ।

कंग्रेस १ सिटसहित पुछारमा छ । यसपटक सबैभन्दा बढी फाइदा बीजेपीलाई भएको छ जसले सिटसंख्या दोब्बर संख्यामा वृद्धि गरेको छ ।

आसाममा बीजेपी गठबन्धन ७८ सिटसहित अगाडि छ ।  ४६ सिटसहित कांग्रेससहितको गठबन्धनले बीजेपीलाई पछ्याइरहेको छ ।

तामिलनाडुमा डीएमके १३८ र एडीएमके ९५ सिटसहित अगाडि बढेका छन् । केन्द्र शासित राज्य पाण्डुचेरीमा बीजेपी ११ सिटसहित अग्रणी छ ।

कांग्रेसले ५ सिटसहित बीजेपीलाई पछ्याइरहेको छ । मतगणनाको नतिजा आज मध्यरातसम्म आउने अपेक्षा गरिएको छ ।

केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

केरलाको १४० सिटमध्ये ९२ सिटसहित कम्युनिष्ट दल एलडीएफले अग्रता हासिल गरिरहेको छ । कांग्रेसले नेतृत्व गरेको युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडीएफ) ४५ सिटसहित दोस्रो स्थानमा पछ्याइरहेको छ ।

बीजेपी ३ सिटसहित पुछारमा छ केरला राज्यमा । केरलामा चार दशकदेखि कांग्रेसले नेतृत्व गरेको युडीएफ र कम्युनिष्टले नेतृत्व गरेको एलडीएफबीच रस्साकस्सी हुनेगथ्र्यो तर यसपटक कम्युनिष्ट पार्टीले झन्डै दोब्बर मतान्तरले अग्रता हासिल गरिरहेको छ ।

परम्परागत कम्युनिष्ट प्रभाव रहेको केरलाका १४० सिटमा एलडीएफले बहुमत ल्याउने अपेक्षा गरिएको छ । २०१६ मा एक सिट जितेको बीजेपीले यसपटक भने केही सिट बढाउने अपेक्षा छ ।

यसपटक केरलामा मुख्यमन्त्री पिनाराय विजयन, ११ जना उनका मन्त्रिपरिषद् सदस्यहरु, प्रतिपक्षी दलका नेता रमेश चेन्नीथाला, बरिष्ठ कांग्रेस नेता ओमन च्यान्डीसहित कूल ९५७ जना उम्मेदवार थिए ।

हेर्नुस् ५ राज्यको अहिलेसममको मतपरिणम : 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्