Logo
१५ चैत्र २०८०, बिहीबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकर पोखरेल फेरि मुख्यमन्त्री बन्दै, प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

मुख्यमन्त्री पदबाट आज राजीनामा दिएका शंकर पोखरेलले फेरि लुम्बिनी प्रदेशको सरकार प्रमुखको रुपमा सपथ लिने भएका छन् ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए ।

पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो ।

तर, राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो ।

 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्