Logo
११ बैशाख २०८१, मंगलबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय, आजै शपथ खुवाउने तयारी

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले नेता शङ्कर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यु इरा होटेलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएका संसदीय दलका नेता पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

आजै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा छन् ।

एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्