Logo
१३ बैशाख २०८१, बिहीबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन ३६ सयभन्दा बढीको मृत्यु, तीन लाख ७९ बढी संक्रमित

छिमेकी मुलुक भारत पछिल्लो समयमा कोरोना माहामारीको दोस्रो लहरबाट एकदमै चपेटामा परेको छ । भारतमा बिहीबार ३ हजार ६ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोस्रो लहर सुरु भएसँगैं यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिला पटक हो । यस्तै गत २४ घण्टामा ३ लाख ७९ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोनाका कारण दैनिक तीन लाख बढी संक्रमित हुँदै आएका छन् ।

भारतमा हालसम्म एक करोड ८३ लाख ७६ हजार ५२४ जनामा कोरोना संक्रमण भइसकेको छ । हालसम्म २ लाख ४ हजार ८३२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

अक्सिजन, आइसीयु, भेन्टिलेटरको पर्याप्तता नहुँदा भारतमा मर्नेको संख्या दिनहुँ बढिरहेको छ । दैनिक मृत्युदर बढ्दा शव जलाउनसमेत लाइन बस्नु परेका तस्वीर तथा भिडियोहरु समाचार र सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्