Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराधिक छवीका दीपक मनाङे गण्डकी प्रदेशको खेलकुद मन्त्री बने

दीपक मनाङे नामले चिनिने राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्ता गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन्। नरदेवी पुनले सम्हाल्दै आएकाे सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएकाे हो।

मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङ पछि नेकपा प्रवेश गरेका थिए।

अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी दुवै पार्टीमा लागेका थिएनन्। गुरुङ बुधबारको प्रदेश सभा बैठकमा लामो समय अनुपस्थित भएका थिए।

उनीसँगै सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमविक्रम शाही भने अस्पतालमा भेटिएका थिए। उनलाई कोरोना संक्रमण भएको भनिएको छ।

गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्