Logo
८ बैशाख २०८१, शनिबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले गर्यो रौतहटका दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

प्रदेश नं २ स्थित रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा एमालेको ओली पक्षमा लागेपछि माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ ।

माओवादीबाट चुनाव जितेर एमालेको ओली खेमातिर लागेपछि उनीहरुलाई पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपमेयर सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीलाई माओवादी केन्द्रले पार्टीबाट निस्कासन गरेको हो ।

उनीहरुलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचारसमेत गरिसकेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको सचिव पटेलले जानकारी दिए । मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।

ओली खेमातिर लागेपछि माओवादीले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। तर, कसैले पनि स्पष्टीकरण दिएका थिएनन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरु सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी परित्याग गरेका उनीहरुलाई पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको हो ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्