Logo
१३ बैशाख २०८१, बिहीबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव भन्छन् : ‘मुद्दा फिर्ता लिएर प्रधानमन्त्री ओलीले आफ्नो गल्ती स्वीकार गरे’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुद्दा फिर्ता लिएर प्रधानमन्त्री ओलीबाट गल्ती स्वीकार गरेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद्ले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताएका हुन् ।

उनले अझै मधेको माग भने पुरा नभएको बताएका छन् ।उनले भने, ‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ ।’

‘ढाँटेर, छलेर अब काम चल्दैन,’ उनले भने, ‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधनलगायतका माग नै मधेसको मुख्य माग हुन् ।’

यी माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने अध्यक्ष यादवले बताए ।जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै फिर्ता लिनुपर्ने २४ थान मुद्दाको फाइल बुझाएका थिए । त्यसमध्ये १५ थान मुद्दा सरकारले फिर्ता लिएको छ भने अन्य मुद्दा फिर्ताको प्रकृयामा रहेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्