Logo
८ बैशाख २०८१, शनिबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा आज एकैदिन भेटिए १६९ जना कोरोना संक्रमित

प्रदेश नं २ स्थित पर्सामा आज एकैदिन १६९ जना कोरोना संक्रमित भेटीएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा आज विहिबार विहान आएको रिपोर्टमा १६९ जना कोरोना संक्रमित फेला परेका हुन् ।
अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

उनले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी संख्या रहेको बताए ।यससँगै पर्सामा संक्रमितको कुल संख्या चार हजार ३१७ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको संख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्