Logo
१३ बैशाख २०८१, बिहीबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको अवरोधपछि बुधबारको कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको बुधबारको बैठक एमालेको अवरोध गरेपछि  स्थगित भएको छ ।

कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने भन्दै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले वैठकको सुरु भएलगत्तै विराध गरेका थिए ।

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे ।
तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख सचेत शाहले ‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औचित्य हुँदैन, सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं,’ भनेका थिए ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्