Logo
६ बैशाख २०८१, बिहीबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल इन्फिल्डले नयाँ बाइक हन्टर ३५० ल्याउँदै

रोयल इन्फिल्डले रोयल इन्फिल्ड हन्टर ३५० बजारमा ल्याउने तयारीमा रहेको छ । रोयल इन्फिल्ड हन्टर ३५० बाइकमा सानो ह्यान्डलबारको साथमा फ्ल्याट फ्युल ट्यांक समावेश गरिएको छ ।

यसको साथै सो बाइकमा स्पोर्टी राइडिङ पोजिशनको लागि मिड सेट फुटपेग उपलब्ध रहेको छ । हाल बजारमा प्रतिस्पर्धाका लागि तयार होन्डा र जावाका बाइकसँग यो बाइकको प्रतिस्पर्धा हुनेछ ।

नयाँ आरई हन्टर ३५० नयाँ मड्युलर जे प्लेटफर्ममा आधारित हुनेछ ।बाइकको फ्रन्टमा पारम्पारिक टेलिस्कोपिक फोर्क्स र रियरमा ट्वीन सक उपलब्ध रहेको छ । सो बाइकमा नयाँ ३४९ सीसी, एयरकुल्ड इन्जिन उपलब्ध रहेको छ ।

सो बाइकमा ब्यालेन्सर साफ्टले लेस हुनेछ जसले बाइकको भाइब्रेसनलाई कम गर्नेछ । नयाँ बाइकको इन्जिनले अधिकतम २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ आरई हन्टर ३५० बाइकमा पुरानै अलोय ह्वील समावेश गरिएको छ । साथै सानो एक्जस्ट, फ्रन्ट मडगार्डको साथमा गोलो हेडल्याम्प र डिस्क ब्रेक समावेश गरिएको छ ।

नयाँ बाइकमा रोयल इन्फिल्ड बाइकमा राखिएको नयाँ प्रविधि ट्रिपर नेभिगेसन सिस्टमको साथमा ट्वीन पड इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध रहेको छ । बाइकमा ड्युअल च्यानल एबीएस सिस्टम स्ट्यान्डर्ड समावेश गरिएको छ ।

हाल बजारमा रोयल इन्फिल्डको ३०० र ३५० सीसीको बाइक उपलब्ध रहेको छ । भविष्यमा सो बाइकमा केही परिवर्तन गरिने सम्भावना रहेको छ ।

कम्पनीले हालै मेटियर ३५० क्रुजर बाइक सार्वजनिक गरेको थियो । कम्पनीको सो बाइक नयाँ प्लेटफर्ममा तयार पारिएको हो, साथै यसमा नयाँ इन्जिन समावेश गरिएको छ ।

त्यसैगरी कम्पनीले नेक्स्ट जेनेरेसन क्लासिक ३५० लन्च गर्ने तयारीमा रहेको छ । यसमा मेटियर ३५० मा प्रयोग गरिएको प्लेटफर्म र इन्जिन प्रयोग गरिनेछ । एजेन्सी

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्