Logo
८ बैशाख २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल शिक्षण अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

मोरङको कटहरी गाउँपालिका-२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका-१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनकारी दिएको छ । हो ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको अस्पताले बताएको छ । अस्पताल स्रोतका अनुसार उनमा मधुमेहको पुरानै समस्या रहेको थियो ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्