Logo
८ बैशाख २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना पुष्टि

गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेकपा एमालेका दुई र कांग्रेसका एक जना सांसदलार्य कोरोना पुष्टि भएको छ भने एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेशसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दै छ ।गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको बेला संक्रमणको खबर सार्वजनिक भएको हो ।

मंगलबार नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्