Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा

प्रदेश नं २ स्थित पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रशासनले बताएको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्