Logo
७ बैशाख २०८१, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्कीमा भोलीदेखि एक हप्ताका लागि निषेधाज्ञा

गण्डकी प्रदेश  स्थित कास्की जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवथापन केन्द्रको हिजो बसेको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना सक्रिय संक्रमित छन् । कास्कीमा मात्रै सक्रिय संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।

जारी गरिएको निषेधाज्ञा अनुसार विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ ।अरु पसल तथा डिपार्टमेन्ट स्टोर तथा सपिङ मल बन्द हुनेछन् । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा मात्रै दिन सक्नेछन् ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्