Logo
११ बैशाख २०८१, मंगलबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिवालयका ३ कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

प्रदेश नं २ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि आज बस्ने प्रदेश सभा बैठक स्थगित भएको हो ।

आज मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको जानकारी दिएको छ ।

सचिवालय स्रोतले तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको बताएको छ । आज बस्ने भनिएको बैठकमा प्रदेशको नामकरण विषयमा छलफलको कार्यसूची थियो । अब भने प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ ।

झण्डै ६ महिनापछि पाँचौँ अधिवेशन गत चैत ३० गते सुरु भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नेबारे प्रस्ताव आह्वान गरेको थियो । वैशाख १० गते बसेको प्रदेशसभा बैठकमा राजधानीका विषयमा दर्ता भएको प्रस्तावमाथि छलफल भयो ।

 

 

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्