Logo
२ जेष्ठ २०७८, आईतबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित भएको छ ।

सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिड-१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा हुने भन्दै सञ्चालित भई रहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका स्नातक एवं स्नाकोत्तर तहका परिक्षा सञ्चालन भइरहेका थिए ।

आज सूचना निकाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्