Logo
१३ बैशाख २०८१, बिहीबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज गण्डकी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने

आज गण्डकी प्रदेशको विशेष अधिवेशन दिउँसो २ बजे बस्ने भएको छ । आज बस्ने प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो ।

विपक्षी दलको मागअनुसार प्रदेश सभाको विशेष अधिवेशन बैठक बसेको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो ।

बैठकमा सांसदहरु उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री गुरुङले दिने कार्यक्रम छ ।आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्