कोरोनाको जोखिमबाट बच्न खानपान र जीवनशैलीमा यी परिवर्तन गर्नुहोस् !
विश्व फेरि कोरोनाको दास्रो लहरले आक्रान्त भएको छ । कोरोनाको पहिलो लहरबाट केही राहात पाएको अवस्थामा फेरि दोस्रो लहर सुरु भएको छ ।
यस कोरोनाको दास्रोलहरको बढी चपेटामा हाम्रो छिमेकी देश भारत परिरहेको छ ।भारतमा अहिले लगातार ३ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
शनिबारको तथ्यांक अनुसार ३ लाख ४९ हजार कोरोना संक्रमित थपिएका छन् भने अहिले भारतमा अक्सिजनको कमी हाहाकार भइरहेको छ ।
त्यस्तै नेपालमा पनि कोरोना दोस्रो लहर सुरु भएको छ । भारतमा कोरोना बढेसँगै नेपालमा पनि कोरोना संक्रमित बढीरहेको छ ।नेपालको पनि केहि नगरपालिकामा लकडाउन गरेको छ ।
कोरोनाको पहिलो लहरबाट अलिकति तंग्रीन लागेको मानिसको जनजीवनलाई पुनः प्रभाव पार्न थालेको छ । कोरोनाको दोस्रो लहरले फेरी आम मानिसलाई डर र्सिजना गरेको छ ।
अहिले धेरै मानिसहरुको व्यवसाय फेरी बन्द भएका छन् भने सार्वजनिक यातायातमा पनि मानिसहरुको चलहपहल कम देखिएको हो की जस्तो देखिएको छ ।
पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले लकडाउनको लागि सरकारलाई सिफारिस गरीरहेको छ । तर सरकार तत्काल देशभर लकडाउन गर्ने मोडमा छैन तर कोरोना अति संक्रमित क्षेत्रमा लकडाउन गर्ने सक्ने जनाएको छ ।
त्यसकारण नेपालमा कोरोना संक्रमणको स्थिति झन भयावह बन्न सक्ने संकेत देखिन्छ । साथै अहिले सर्वसाधारणमा यसको डर र भय देखिन थालको छ ।
कोरोना भयबाट जोगिने प्रमुख उपाय भने हाम्रो खानपान र जीवनशैली नै हो। यो परिस्थितिबाट उन्मुक्तिका लागि केही समय अझै लाग्ने प्रस्ट छ र हामीले खानपान र जीवनशैली परिवर्तन गर्नु जरुरी छ।
तसर्थ खानपान र जीवनशैलीमा पूर्ण परिवर्तन गर्नु नै आजको आवश्यकता हो भन्ने बुझ्नु जरुरी छ। रोग अर्थात् भाइरस प्रतिरोधात्मक शक्ति ९इम्युनिटी पावर० बढाउने खालका खाना खानु जरुरी छ।
झोलिलो र हरियो सागपात बढी खाउँ। प्राचीन मौलिक नेपाली खानालाई बढी प्राथमिकता दिएर गुन्द्रुक, भटमास, सब्जी फाँडो, आलुतामा बोडी, रस मासु, जोगी जाउलो, मेथी जाउलो, दूध रोटी, दाल रोटी, कर्कलोको अचार जस्ता खाना खानु स्वास्थ्यकर हुन्छ।
तेल, चिनी र नुन तीन कुरा न्यून गरेर खाँदा यो समयलाई उत्तम मानिएको छ र ररुवा (तारेको) चिज र बाहिर पाइने फास्ट फुड पनि उपयुक्त मानिन्न।
इम्युनिटी पावर बढाउने खाना केके?
प्राकृतिक एन्टिबायोटिक मानिने हुँदा लसुन, अदुवा, बेसार पनि अहिलेको स्थितिमा उत्तम मानिन्छ। त्यसैगरी भेटेसम्म चुकन्दर, विभिन्न ड्राइ नुट, मिक्स दाल, गेडागुडी, मकै, ग्रिन टी, एभोकाडो, चना, दही, किनोवा, डार्क चक्लेट, पर्याप्त पानी, स्याउ, अन्डा, कफी, सखर खन्डा, ब्राउन राइस, माछा र केराले पनि तपाईंलाई शक्ति प्रदान गर्दछ।
सिट्रसयुक्त फलफूलहरु कागती, जुनार, निबुवा, भगटे, किवी, अमला, अम्बा, मेवा, स्ट्रबेरी, जुनार, लिच्ची, लप्सी, चेरी जस्ता फलफूल जसमा अत्यधिक मात्रमा भिटामिन सी पाइन्छ र इम्युनिटी पावर बढाउन मद्दत गर्दछ। त्यसैगरी पार्सली, थाइम, रायोको साग या गुन्द्रुक, काले, सोयाबिन न्युट्रेला )मसेउरा), मिसो पेस्ट, सोया मिल्क, टोफु, सोया सुप, ब्रुसेल, ब्रोकाउली, पहेंलो भिडे खुर्सानी, हरियो सिमला मिर्च, गोलभेडा, स्नो पिज, केसर इत्यादी खाना तथा सब्जीमा पर्याप्त मात्रमा रोग प्रतिरोधात्मक शक्ति पाइन्छ।
कसरी परिवर्तन गर्ने जीवनशैली ?
समयमा सुत्ने समयमा उठ्ने नियमित एकै समय मिलाउने, पर्याप्त मात्रामा निद्रा पुगेन भने पनि शरीरमा इम्युनिटी पावर कम हुँदै जान्छ। आफ्नो दैनिकी सकेसम्म सरल बनाउन सक्नु नै उत्तम मानिन्छ।
नियमित रुपमा योग, ध्यान, जप, पूजा गर्नाले पनि शरीरमा शक्ति उत्पत्ति हुन्छ र यसले शरीरलाई इम्युनिटी पावर दिन मद्दत गर्दछ। बहिर जान नपाए तापनि आफ्नो परिवारसँग रमाइलो र रचनात्मक काम गरेर एक अवसरको रुपमा लिन सकेमा पनि यसले तपाईंलाई सकारात्मक सोच तर्फ धकेल्छ र जीवनशैली सहज बनाउन पर्याप्त मद्दत गर्दछ।
लागू पदार्थ, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य वस्तुले तपाईंको शरीरमा इम्युनिटी पावर घटाउनुको साथै नस्ट गर्न मद्दत गर्दछ। तसर्थ यस्तो समयमा यी चिजहरुबाट टाढै रहनु बुद्धिमानी मानिन्छ। यो समयमा आफ्ना बच्चालाई पनि निगरानीमा राखेर रचनात्मक काममा उत्प्रेरणा दिनुपर्छ।
कोरोना भाइसको विभिन्न देशमा खोप निर्माण भएको छ । भारत, चीन ,रुष जस्ता देशहरुले कोरोना खोप निर्माण गरी सकेका छन् । अहिले धेरै जसो देशमा कोरोना खोप लगाएका छन् ।
त्यस्तै नेपालमा पनि कोरोना खोप लगाउने कार्यक्रम अहिले जारी रहेको छ । भारतबाट ल्याएको खोपको दोस्रो मात्राको खोप जारी रहेको छ भने चीनबाट ल्याएको कोरोना खोपको पहिलो डोज खोप कार्यक्रम आजदेखि सुरु गरेको छ । तर पनि खोप लगाए पनि कोरोना संक्रमण झन बढ्दै गएको देखिन्छ ।
त्यसकारणले खोप लगाउने र नलगाउने सबै जना सचेतना र सावधानी हुन उत्तम उपाय हो। यदि तपाईंसँग रोगप्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) पर्याप्त छ भने भाइरस संक्रमण भए तापनि छिट्टै रिकभर हुन्छ।
हामीले सहज अनुमान लगाउन सकिन्छ कि, कोरोना भाइरस साबुनपानी र सेनिटाइजरबाट रोक्न सकिन्छ भने यो आन्तरिक रुपमा प्रवेश नगरुन्जेल कुनै असर गर्दैन र सानो सावधानी अपनाएर इम्युनिटी पावर बढाएर रहन सकेमा सुरक्षित रहन सकिन्छ।
सरकारले पनि सबैजनाले सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।