Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेस्लाको कारमा एक महिलाले ‘टेस्ला ब्रेकले नियन्त्रण गुमायो’ भन्दै हंगामा मचाएपछि…!

अहिले चीनको सांघाईमा अटो शो कार्यक्रम भइरहेको छ ।उक्त शोमा टेस्लाको कारमा एक महिला ग्राहकले हंगामा मचाएको विषयले अहिले चर्चा पाएको छ ।

शोमा सबै कम्पनीले नयाँ नयाँ मोडल प्रदर्शन गरिरहेका छन् । वास्तवमा, कम्पनीका एक जना दुःखी ग्राहकले अटो शोमा टेस्लाको गाडीमाथि चढेर सबैको ध्यान खिचेकी थिइन् । सोमबार भाइरल भएको भिडियोमा एक महिलाले टि-सर्ट लगाएकी छिन् ।

उनको गाडीमा ब्रेकको समस्या देखेर उनी खिन्न भएकी थिइन् । जसका कारण उनले त्यहाँ हंगामा सिर्जना गर्न थालिन् । ती महिला गाडीको छतमा उक्लिएर बारम्बार ‘टेस्ला ब्रेकले नियन्त्रण गुमायो’ भनि चिच्याएकी थिइन् ।

यद्यपि उक्त भिडियोमा ती महिलालाई शान्त पार्न कडा संघर्ष गरिरहेका कर्मचारी तथा गार्डहरू पनि देखाइएको थियो । रिपोर्टका अनुसार ती महिला टेस्ला मोडल ३ मा यात्रा गर्दै थिइन् ।

त्यसबेला कारको ब्रेक फेल भएको थियो । फलस्वरूप, दुर्घटनामा तिनको परिवारका चार जना सदस्यको मृत्यु भयो । संयुक्त राज्य अमेरिकामा पनि कम्पनीको अटोपायलट मोडको सुरक्षाबारे नयाँ प्रश्नहरू उठ्न थालेको छ । जसको हाल टेक्सास पुलिसले अनुसन्धान गरिरहेको छ ।

कम्पनीले यस वर्ष भारतमा आफ्नो पहिलो कार लन्च गर्ने तयारी गरेको छ । सोही क्रमलाई अगाडि बढाउने एलन मस्कको कम्पनीले देशका केही उच्च अधिकारीसँग साझेदारी गरेका छन् ।

टेस्ला कम्पनीले भारतीय बजारमा मोडल ३ बाट सुरुवात गर्नेछ जसको मूल्य ६० लाख भारु रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्