Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन मिल्दै : होटलको झ्यालबाट नवनिर्मित धरहराको ओली–नेपालले अवलोकन गरे

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै – 
पार्टी विवाद उत्कर्षमा पुगेका बेला छलफलमा जुटेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालले होटल मेरियटबाट नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।

नागपोखरीमा रहेको उक्त होटलको झ्यालबाट प्रधानमन्त्री ओली र नेता नेपालले निकै टाढा रहेको धरहरा नियालेका हुन् । २२ तल्ले धरहरा पुनर्निर्माण अन्तिम चरणमा छ । यही वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

लगातार दोस्रो दिनको छलफलका लागि मेरियट होटल पुगेका ओली र नेपालले धरहराको दृश्यावलोकन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्