Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाबाट मृत्यु

बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाका कारण निधन भएको छ ।उनको मंगलबार मृत्यको भएको खबर नाति अनिषले बाहिर ल्याएका हुन् ।

अनिषले किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।

अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो ।

किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्