Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगद्वारा परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द

नेपाल प्रहरी तर्फ प्रहरी जवान(जनपद) पदको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा लोक सेवा आयोगले रद्द गरिदिएको छ ।

आयोगले २०७७ फागुन २२ मा सञ्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने र सक्कली परीक्षार्थी दुबैलाई पाँच वर्षसम्म लोक सेवाबाट सञ्चालन हुने कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रहरी जवान पदको लिखित परीक्षामा अनियमितता गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुको साथै ५ वर्ष आयोगका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

यस्तै, उनीहरूलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई सिफारिस गर्ने आयोगले जानकारी दिएको छ ।

नक्कली परीक्षार्थीले सक्कली परीक्षार्थीको नागरिकता र प्रवेश पत्रमा फोटो परिवर्तन गरी परीक्षा दिएको आयोगको ठहर छ ।यसै गरी उत्तर पुस्तिकामा आफ्नो विवरण लेखि हाजिरीसमेत गरी प्रश्न पत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागी गएका एक जनाको भने लिखित परीक्षा मात्रै रद्द गरिएको छ ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्