Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्जय दत्त नसामा हिरोइनको पछि चक्कु लिएर दौडिएपछि…!

अभिनेता सन्जय दत्त बलिउडका चर्चीत अभिनेता मध्ये एक हुन् । बलिउडमा उनी समय समयमा विवादमा आइरहन्छन् । बलिउडका हस्ती मानिने सन्जय दत्त कुनै समय नशामा एकदमै डुबेका थिए ।

उनी २४ सै घन्टा लागुऔषध र रक्सीको नशामा डुबेका हुन्थे । उनको जीवनमा एकपटको कहानी रोचक काहानी रहेको छ । एक फिल्म निर्माता तथा निर्देशकले सन्जय दत्तलाई लिएर फिल्म बनाउन लागेका थिए ।

रातको समय थियो । उनले राम्रोसँग डाइलग्स पनि बोल्न सकेका थिएनन् । तर उनले फिल्मको पुरै पैसा लिइसकेका थिए ।

नशामा भएका सन्जयले अजीबको हर्कत गर्दै आएका थिए । उनको कारण फिल्मलाई पनि प्रभाव पर्न थाल्यो । फिल्मको शुटिङको क्रममा सन्जयले अभिनेत्री पद्यिनी कोल्हापुरेसँग पनि भनाभन गर्न थाले ।

नशाको सुरमा सन्जयको दिमाग घुम्न थाल्यो र पद्यिनी घर जान निस्किएर अलि अगाडी पुगिन् । सन्जय दत्त चक्कु लिएर पद्यिनीको पछि दौडन थाले । धेरै समयपछि मात्र उनको रिस शान्त भयो । यो कुरा सन्जयको बाबुले थाहा पाएर उपचारको लागि उनलाई जमर्नी लगे । स्रोतः वेबदुनिया

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्