Logo
५ श्रावण २०८२, आईतबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले सोध्यो माधव नेपाल र झलनाथ खनालसहित २७ सांसदलाई स्पष्टीकरण (पत्रसहित)

नेकपा एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै झलनाथ खनाल र माधव कुमार नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको छ । भट्टराईका अनुसार उनीहरुलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा खनाल-नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिने मध्येमा माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् ।

पत्रसहित :

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्